जनकपुर आइपुग्यो रेल

२०७७ असोज ०२ गते
जनकपुरधाम । नेपालको रेल आज दिउँसो जनकपुरधाम स्टेशन आइपुगेको छ । जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो । जनकपुरमा रेल आइपछि स्थानीय निकै हर्षित भएका छन् ।

रेल आइपुग्ने भएपछि जनकपुरस्थित रेल पटरीको आसपास सयौं मानिस नयाँ रेल हेर्न पुगेका छन् । जयनगर–जनकपुर २९ किलोमिटर चल्ने नेपाल रेलवेको दुई वगी र चार वटा इन्जिन जनकपुरधाम आइपुग्न लागेको हो । रेल नेपालको राष्ट्रिय झण्डाको रंग रातो र निलोसँग मिलाइएको छ ।

नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो । ६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस