देशभर २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

२०७७ असोज ०२
जनकपुरधाम । देशभर अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमित थपिएका छन् ।

सोही अवधिमा देशभरबाट ८ सय ७१ संक्रमित डिस्चार्ज भएका छन् । आज देशभर सक्रिय संक्रमित १७ हजार ३ सय ८३ जना छन् । यसैगरी, आजको पिसिआर ११ हजार ४ सय ५८ रहेको प्रवक्ता डा.गौतमले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस