संविधान दिवसमा भाग नलिई विरोध गर्न जसपा अध्यक्ष यादवको आह्वान

राजविराज, २ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिई विरोध गर्न आह्वान गरेका छन् ।

शुक्रवार उनले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै यस्तो आह्वान गरेका हुन् । संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनकालागि उक्त दिन अर्थात असोज ३ गते विभिन्न प्रकारका कार्यक्रम आयोजना गरी संविधान शंसोधनद्वारा यसलाई सच्याउनकालागि जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएका छन् ।

जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनबिद्रोह लगायतका आन्दोलनहरुको बेलामा सरकारसँग भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्वसम्मत भईसकेका विषयहरु तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूर्ण संविधानले मधेशी, आदिवासी जनजाति, दलितरशिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जातरजाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न नसकेको अध्यक्ष यादवले उल्लेख गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780