आज संविधान दिवस, प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

२०७७ असाेज ०३ गते
जनकपुरधाम । संविधान दिवस तथा राष्ट्रिय दिवश २०७७ का अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । सैनिक मञ्‍च टुँडिखेलमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्‌ ।

सो सम्बोधनमा उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिने र संविधान कार्यान्वयन अवस्थाबारे जानकारी दिने बताइएको छ ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसकै अवसर पारेर २८९ जना कैदीबन्दीको कैद मिनाहा गरिदिएकी छिन्‌ । संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कैदीबन्दी रिहा हुँदै गर्दा आजै राष्ट्रपतिले ५९४ जनालाई विभिन्न सरकारी विभूषण प्रदान गर्नेछिन्‌। मन्त्रिपरिषद्‌ले गरेको सिफारिस बमोजिम राष्ट्रपतिले विभूषण प्रदान गर्न लागेकी हुन्‌ ।​​

तत्कालीन राष्ट्रपति रामवरण यादवले २०७३ साल असोज ३ गते नेपालको संविधान जारी गरेका थिए। यो संविधान जनप्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780