कोरोना भाइरस: सप्तरीमा थप २४ थपिएसँगै १२ सय नाघ्यो संक्रमित

२०७७ असोज ०४ गते
राजविराज । सप्तरीमा नेपाली सेना र प्रहरीसहित आइतवार २४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

राजविराज नगरपालिकाका १६, विष्णुपुर गाउँपालिकाका ४, तिलाठी कोइलाडी गाउँपालिकाका ३ र रुपनी गाउँपालिका १ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

संक्रमितमध्ये १ जना नेपाली सेना र २ प्रहरी छन् । योसहित सप्तरीमा संक्रमित हुनेहरुको संख्या १२ सय ०२ पुगेको छ । जसमध्ये ८०२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट ९ जनाले ज्यान गुमाइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस