सप्तरीमा सिडिओका भान्सेको कोरोनाबाट मृत्यु

२०७७ असोज ८ गते
राजविराज । सप्तरीमा विहिवार थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । उनी जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यालय सहयोगी पदमा कार्यरत थिए ।

संक्रमण पुष्टि भएपछि ‘होम आइसोलेसन’मा बस्दै आएका ५५ वर्षीय पुरुषको विहान ५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले जानकारी दिए ।  भदौ ३१ गते संक्रमण पुष्टि भएको उनमा केही दिनअघि ज्वरो देखिएपनि ३–४ दिनदेखि स्वास्थ्य अवस्था सुधार उन्मुख नै थियो ।

केही दिनदेखि सामान्य खोकीको समस्या देखिएको उनको मृत्यु भएको सूचना अधिकारी ठाकुले बताए ।  मृतक पुरुष प्रमुख जिल्ला अधिकारीको निवासमा खाना बनाउने गर्थे । योसँगै सप्तरीमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस