कोरोना प्रभावः सप्तरीमा अस्पताल पनि बन्द हुन थाले

२०७७ असोज ८
राजविराज । एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पतालका सबै सेवाहरु अनिश्चितकालकालागि ठप्प गरिएको छ ।

अस्पतालले आज (विहिवार) सूचना जारी गर्दै अर्को व्यवस्था नहुन्जलेसम्मको लागि अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु ठप्प रहेको जनाएको छ ।

अन्य कर्मचारीहरु पनि नमूना स्वाब संकलन भइरहेकाले पिसीआर परीक्षणको रिपोर्ट नआएसम्म सवै सेवा ठप्प रहने सूचनामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस