पछिल्लो २४ घण्टामा १ हजार ४९७ कोरोना संक्रमित थपिए, ४५७ जना डिस्चार्ज

२०७७ असोज ८ गते
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४९७ कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै देशभर कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

सोही अवधिमा ४५७ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५० हजार ४११ जना डिस्चार्ज भएका छन् । आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ५६५ जना क्वारेन्टिनमा रहेका छन् । देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस