पदाधिकारीलाई जानकारी बिना नै बैठक बोलाएको भन्दै नेकां सचिवको आपत्ति

२०७७ असोज ८ गते ।
राजविराज । नेपाली काँगेस सप्तरीका सभापति दिनेश कुमार यादवले जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई जानकारी नै नगराई बैठक गरेको भन्दै सचिव रामकुमार यादवले प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएका छन् ।

समितिका सचिव यादवले विहीबार जारी गरेको विज्ञप्ति अनुसार सभापति यादवले असोज ६ गते बैठकमा गरेको निर्णयप्रति आपत्ति जनाएका हुन् । जिल्लामा समायोजनकालागि पहिलो पटक केन्दीय निर्वाचन समितिले ननूलाल यादवलाई जिल्ला प्रतिनिधीको जिम्मेवारी दिई पठाएकोमा निज प्रतिनिधी यादव विरामीपर्दा निजको सट्टामा केन्द्रीय निर्वाचन समितिले अधिवक्ता बालकृष्ण ढुङ्गानालाई जिम्मेवारी दिई प्रतिनिधीको रुपमा पठाएको विज्ञप्ति मार्फत स्मरण गराईएको छ ।

जिल्ला प्रतिनिधी ढुङ्गानाले जिल्ला सभापति दिनेश कुमार यादवलाई बारम्बार समायोजनको प्रक्रियालाई अगाडि बढाउनकोलागि आग्रह गर्दागर्दै पनि सभापति यादवले वास्ता नगरे पश्चात जिल्ला सचिव कोषाध्यक्ष, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापति तथा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधीहरुले समायोजन प्रक्रियामा सहयोग गरेको र प्रतिनिधी ढुङ्गानाले अन्तररिम पुर्नरसंरचना निर्देशिका अनुसार समायोजन प्रतिबेदन तोकिएकोे समय श्राबण १० गते भित्रमा नै केन्द्रीय निर्वाचन समितिमा पठाईसकेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ ‘समायोजन भईसकेको अवस्थामा पनि जिल्ला सभापति यादवले पार्टीलाई एकलौटी ढङ्गले सञ्चालन गरी सप्तरी क्षेत्र नम्बर –१ मा समायोजन गर्नकोलागि मिति तय गरेको भन्ने कुरा विभिन्न सञ्चारमाध्यमहरुबाट थाहा पाएकाले सभापति यादवले पार्टीलाई गुट उपगुटमा विभाजनगरी पार्टी संगठनलाई कमजोर गर्ने कार्य प्रति हाम्रो घोर आपति रहेको छ ।’

जिल्ला सभापतिले पार्टी संगठनलाई कमजोर गर्ने उद्देश्य राखि समायोजन सम्बन्धी एकलौटी ढङ्गबाट बोलाएको कुनै पनि बैठकहरुमा सहभागि नहुनका समेत पार्टी सचिव यादवले आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस