निरन्तरको झरी अझै रोकिएन [तीन दिनसम्म कस्तो रहन्छ मौसम?]

२०७७ असोज ९ गते
जनकपुरधाम । न्यून चापीय रेखाको प्रभावले शुक्रबार बिहान मुलुकको केही स्थानका मौसममा आंशिक बदली र प्रदेश १ र २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य आंशिक बदली भएको छ ।

भारतको मध्य प्रदेशको पूर्वी भु–भागमा न्युन चापीय क्षेत्र रहेको तथा सो न्युन चापीय क्षेत्र उत्तर–पूर्व सर्दै गरेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार प्रदेश १ र प्रदेश २ का केही स्थान तथा वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । शनिबार दिउँसो प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको संभावना रहेको छ विभागले बताएको छ । शनिबार राति प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागले प्रदेश नं १ का केही स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आइतबार दिउँसो प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थान तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार आइतबार राति प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा तथा वाँकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780