वर्षा र बाढीले सडक तथा कार्यालय जलमग्न, तिलाठी कोइलाडी गापामा ४० घर डुबान

२०७७ असोज ९ गते

राजविराज । विगत चार दिनयताको निरन्तरको वर्षाले शुक्रवार राजविराज नगरपालिकासहित जिल्लाको विभिन्न स्थानहरु बाढीले जलमग्न भएको छ ।

राजविराज नगरपालिको अदालत रोड, हुलाकी सडकसहित विभिन्न सहायक सडकहरुमा करिब दुई फिटसम्म पानी जमेको छ । सडकहरु जलमग्न हुँदा सर्वसाधारणलाई आवागमनमा समस्या भएको छ । रुपनी गाउँपालिकाबाट खेतको पानी नगरपालिकामा पस्दा सर्वसाधारणको जनजिवन प्रभावित भएको छ । प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय जलमग्न भएको छ ।

राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवका अनुसार निरन्तरको वर्षा तथा बाहिरको पानी समेत राजविराजमा पस्दा सडकहरु जलग्न भएको छ । वडा नम्वर ५ र ६ का केही घरहरुमा पानी पसेको छ । कति घरमा क्षति पुगेको हो ? सोबारे विस्तृत बुझ्ने कार्य भईरहेको मेयर यादवले जानकारी दिएका छन् ।

यसैगरी निरतरको वर्षाले जिल्लाको खाँडो, बलान, बिहुल, महुली, त्रियुगा, मुतनी, जिता, घोडदहसहितका नदीमा जलस्तर निक्कै माथि पुगेको छ । उक्त नदीहरु विभिन्न स्थानमा खेतीयोग्य जग्गा कटान गर्नुका साथै धानबाली समेत डुबानमा परेर क्षति पुर्याएको छ ।

यता तिलाठी कोइलाडी गाउँपालिकाको विभिन्न वडाहरु वर्षा र बाढीले जलमग्न भएको छ । विपद व्यवस्थापन प्रमुख राजेश झाका अनुसार गाउँपालिकाको वडा नम्वरको बेल्ही, वडा नम्वर ३ को सकरपुरामा वर्षा र बाढीको पानी पसेको छ । वडा नम्वर ४ को कोइलाडी र वडा नम्वर ५ बनरझुलामा जिता, महुली र सप्तकोसी बाँधबाट सिपेज भएर आएको पानीले ५ बनरझुला कोशी सिपेज भएर आएको पानीले करिब४० घर डुबानमा परेको छ । थप क्षतिको विवरणबारे बुझ्ने कार्य भईरहेको विपद् व्यवस्थापन प्रमुख झाले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस