२४ घण्टामा देशभर १ हजार ३१३ कोरोना संक्रमित थपिदा १ हजार ४५५ डिस्चार्ज

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार सोही अवधिमा एक हजार ४५५ जना डिस्चार्ज भएका हुन् ।

आजसम्म देशभर संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । कुल ५१ हजार ८६६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २१३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ पिसिआर परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म सरकारले ८ लाख ६ हजार ८१८५ पिसिआर परीक्षण गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस