धरानमा उपचारत सप्तरीका थप एक कोरोना संक्रमितको मृत्यु

२०७७ असोज ९
राजविराज । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारत सप्तरीका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमण पुष्टि भएपछि १२ दिनदेखि धरानमा उपचारत भर्ना भएका राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको गए (विहिवार) राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार गत २५ गते संक्रमण पुष्टि भएको उनमा उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या देखिएको थियो । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस