लोकसेवा आयोगका परीक्षाको तालिका सार्वजनिक

जनकपुरधाम । लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञाका कारण लोकसेवा आयोगले रोकिएका परीक्षाहरु कात्तिकबाट लिने तयारी गरेको छ ।

शुक्रबार एक सूचना निकालेर आयोगले शाखा अधिकृत र नायब सुब्बा वा सो सरहका पदको परीक्षा तालिका निकालेको हो ।

परीक्षा कात्तिक १८ देखि सुरू हुनेछन् । ‘कोरोना महामारीका कारण स्थगित परीक्षा आयोगको असोज ८ को निर्णयबाट सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी देहायअनुसार नयाँ परीक्षा कार्यक्रम तोकिएको सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ,’ आयोगले आफ्नो सूचनामा भनेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस