सप्तरीमा विश्व फार्मासिष्ट दिवस मनाइयो

२०७७ असोज ९
राजविराज । मधेशी फार्मेसी संघ राजविराज, सप्तरीले पनि आज (शुक्रवार) विश्व फार्मासिष्ट दिवस मनाएको छ । ‘सवैको लागि सुरक्षित तथा प्रभावकारी औषधी’ मुल नाराकासाथ विश्व फार्मासिष्ट दिवस मनाएको हो ।

राजविराजमा आयोजिना गरिएको कार्यक्रमका वक्तहरुले महामारीको बेला फार्मेसीहरुले गरिरहेको योग्दानको प्रशन्सा गरे ।

कार्यक्रमका प्रमुख अतिथी तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले शुभकामना दिदै फार्मेसीहरुले गरिरहेको योग्दानको प्रशन्सा गरे । ‘महामारीको बेला फार्मेसीहरुले गरिरहेको योग्दान प्रशन्सायोग्य छ, तर फार्मेसीमा देखिएका केही कमी कमजोरीलाई सुधार गर्नुपर्ने आवश्यकता छ’ उनले भने–‘कहिलेकाँही देख्छु, फार्मेसीहरुले डाक्टरद्वारा लेखिएको औषधीभन्दा आफुले रुचाएर ब्राण्डको औषधी दिएर सेवाग्राहीलाई पठाउने गरिरहेको हुन्छन्, शायद बोनस पाउने भएर होला ।’

उनले त्यस्ता कुराहरुमा विचार पुर्याउन आग्रह गरे । ‘केही बोनसको प्रलोभनमा परेर मानवीय स्वास्थ्यसँग खेलवाड नगर्नुस्’ उनले भने–‘अहिलेको महामारीलाई केन्द्रित गरी सम्भव हुन्छ भने अनलाइन प्रणाली अपनाएर सेवाग्राहीको घरसम्म औषधी पुर्याउने कार्यतर्फ पनि सोच्नु आवश्यक छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेशकुमार झा, औषधी व्यवस्था विभागका चतुरभुज यादव, सप्तरी औषधी व्यवसाय संघका महासचिव अजयकुमार झा, औषधी व्यवसायी कुवर सिंह लगायत शुभकामना दिएका थिए ।

टुनटुन यादवको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन ग्रीन नेपालका अध्यक्ष खेलानन्द दासले गरे । कार्यक्रममा बालबालिका, प्रहरी र सञ्चारकर्मीहरुलाई कोभिड–१९ बाट जोगिन स्वास्थ्य सामाग्रीहरु समेत प्रदान गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस