जिल्ला प्रशासन कार्यालय सप्तरी जादै हुनुहुन्छ? [यो सूचना अनिवार्य हेर्नुस्]

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले कोभिड–१९ संक्रमणबाट सेवाग्राहीलाई बचाउनकालागि थप सतर्कतासहितका मापदण्ड कार्यान्वयमा ल्याएको छ । सेवाग्राहीको अत्याधिक भिडभाड हुन थालेपछि कार्यालयले सूचना जारी गर्दै थप सतर्कतासहितको मापदण्ड कार्यान्वयमा ल्याएको हो ।

‘सेवाग्राहीको अत्याधिक भिडभाड हुने गरेकाले कोभिड–१९बाट बच्न र बचाउनकालागि थप सतर्कता अपनाइएको छ’ सूचना अधिकारी आनन्दकुमार ठाकुरले भने–‘जसअनुसार एक दिनमा बढीमा तीन वटा स्थानीय तहको कार्य सम्पादन गरिनेछ ।’

उनका अनुसार आईतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिका, सोमवार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकाको कार्य सम्पादन हुनेछ ।

यसैगरी, बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण गाउँपालिकाको कार्य सम्पादन हुने जनाएको छ । कोभिड–१९ का कारण कार्यालयका एक कर्मचारीको मृत्यु भइसकेको तथा अन्य केही कर्मचारीहरु पनि संक्रमित भई न्यून जनशक्तिबाट कार्यालयन सञ्चालन भइरहेको जारीमा छ ।

सोही अनुसार आवश्यकता र औचित्यका आधारमा मात्र सिफरिस गरी सेवाग्राहीलाई पठाई सुरक्षा सतर्कता सम्वन्धी मापदण्ड पालन गर्न गराउन सहयोग गरिदिनुहुन नगरपालिका, गाउँपालिका र वडा कार्यालयका पदाधिकारहीहरुसँग आग्रह गरिएको छ । हाल कार्यालयबाट नयाँ नागरिकता र प्रतिलिपी नागरिकता सम्वन्धि कार्य सम्पादन गर्दै आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस