शम्भुनाथमा सार्वजनिक हटिया लगाउन रोक

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा सार्वजनिक हटिया लगाउन रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गर्दै कोभिड–१९ को संक्रमणबाट बच्नकालागि सार्वजनिक हटिया लगाउन रोक लगाएको हो ।

सूचनामा भनिएको छ, ‘संक्रमण फैलिने सम्भावना हुनसक्ने हुनाले यस नगरपालिका अन्तर्गत रहेका सार्वजनिक हटियाहरु (ट्राफिक हटिया, कठौना, लहरनियाँ, डेढवा, कुशहा हटिया) यस चालु आर्थिक वर्ष २०७७–०७८ को लागि नलगाउने र सो कार्य नगर्न नगराउनु हुन समेत जानकारी गराइन्छ ।’


‘सो कार्य गरेमा सोबाट हुनसक्ने जोखिमको जिम्मेवारी नगरपालिका हुनेछैन’ नगर प्रमुख योगेन्द्र प्रसाद चौधरीले जारी गरेको सूचनामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस