थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

जनकपुरधाम । पछिल्लो २४ घण्टामा थप ८ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सप्तरीका ६३ वर्षीय पुरुष, काठमाडौंका २० र ७४ वर्षका दुई पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितुरका ७६ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष र कैलालीका ३० वर्षका पुरुषको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २०७ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका सोही अवधीमा १ हजार १४७ सोही अवधीमा संक्रमित निको भएर घर फर्किएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस