प्रहरी निरीक्षक केशरीको प्रशन्सा गर्दै विदाई गरियो

बोदे बरसाईन । केही दिनअघि सरुवा भएका ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीलाई आईतवार एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । उनी कार्यरत १४ महिनाको अवधिमा शान्ति सुरक्षामा कटिवद्ध भएर कार्य गरेको भन्दै प्रशन्सा गरिएको गरिएको छ ।

कार्यक्रममा उपस्थित बोदे बरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह, सुरुङ्गा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरी, बलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतसहितकाहरुले उनको प्रशन्सा गर्दै प्रशन्सा पत्र पनि प्रदान गरे ।

राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको स्वकीय सचिव राजेश्वर राय समेतको उपस्थिती रहेको कार्यक्रममा नव आगन्तुक प्रहरी निरीक्षक विरेन्द्र पासवानलाई स्वागत पनि गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस