सप्तरीमा ५० वर्षीया महिलाको हत्या

राजविराज । सप्तरीमा तिरहु्त गाउँपालिकामा एक महिलाको हत्या भएको छ । वडा नम्वर २ मैनाकडेरीकी ५० वर्षीया दायमनदेवी यादवको हत्या भएको हो ।

घटनाबारे शनिवार दिउँसो प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको छ । ‘महिलाको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाउँछ’ सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भने–‘शवलाई पोष्टमार्टमकोलागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ, रिपोर्ट आएपछि अन्य कुरा प्रष्ट हुन्छ ।’

प्रहरीका अनुसार बिहानैदेखि आफन्तले फोन गर्दा उनको फोन नउठेपछि खोजी गर्दा आँगनमा रहेको शौचालय छेउमा उनको मृत शरीर फेला परेको थियो । घाँटीमा प्लाष्टिकको डोरी बेरिएको अवस्थामा रहेकाले घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस