अलविदा ! सप्तरीका प्रजातन्त्र सेनानी एवम् पूर्व सांसद हरिप्रसाद राय

राजविराज, १२ असोज । जनता समाजवादी पार्टीका नेता एवम् पूर्व सांसद हरिप्रसाद रायको आइतवार राती उपचारको क्रममा मृत्यु भएको छ ।

पार्टी एकिकरण अघि राष्ट्रिय जनता पार्टीसँग आवद्ध नेता रायको ८५ वर्षको उमेरमा धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । नेपाली कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका उनी सांसद समेत भएका थिए । स्व. राय तत्कालिन मधेश आन्दोलनका क्रममा महन्थ ठाकुरको नेतृत्वमा गठित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय सदस्य भएका थिए ।

पछिल्लो समय स्व. राय मधेश र मधेशीको पक्षमा सक्रिय रहँदैआएका थिए । उनी नेपाली कांग्रेसका प्रजातान्त्रिक सेनानी समेत थिए । प्रेस स्वतन्त्रता सेनानी रामनारायण देवका अनुसार २०१७ सालमा प्रजातन्त्रको हत्या पछि ने.का.का नेता रामेश्वर प्र, सिहसंगै स्व. राय भारत प्रवासमा बसेका थिए । उनीसँगै कांग्रेसका नेताहरु खुशीलाल मण्डल, विरबल विराजी, राजेश्वर साह, गजेन्द्रनारायण सिंहलगायतका नेताहरु रहेको वरिष्ठ पत्रकार देवले जानकारी दिए ।

आफु त्यतिबेला विधार्थीको रुपमा सीमावर्ती हाई स्कूलमा अध्ययनरत रहेको चर्चा गर्दै पञ्चायत विरुद्धको सशस्त्र क्रान्तिमा आफुहरु सङ्गठित भई सघाएको स्मरण गरे । उनका अनुसार जनमत सङ्ग्रह पश्चात २०३७ साल फागुन १२ गते झापाको बिर्तामोडका नेता सि.के. प्रसाईको घरमा भएको ने, कां.को पुर्वाञ्चल सम्मेलनमा उनी सहभागी थिए । त्यसका क्रममा राष्ट्रपुकार पत्रिकाकोलागि वि. पि. कोइरालासँग अन्तर्वार्तामा आफुलाई नेता रायले सहयोग गरेको प्रेस स्वतन्त्रता देवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस