प्रहरी उपरीक्षकको व्यवहारप्रति पत्रकार महासंघ सप्तरीद्वारा गम्भीर आपत्ति

राजविराज, १९ असोज । समाचार सङ्कलनका क्रममा कान्तिपुर दैनिकका सम्वाददाता अबधेश कुमार झालाई सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले गरेको अपमानजनक व्यवहारप्रति नेपाल पत्रकार महासंघ शाखाले भत्र्सना गरेका छन् ।

महासंघ शाखा सप्तरीका सचिव जितेन्द्र कुमार झाले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी उपरीक्षकको व्यवहार एवम् कार्यशैलीको भत्र्सना गरेका हुन् । महिला हिंसाबारे घटनाहरुमा वृद्धि भईरहँदा सप्तरीका केही अगुवा महिला जनप्रतिनिधि, कानुन व्यवसायी महिला तथा महिला अधिकारकर्मीहरुको एक टोली जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख, प्रहरी उपरीक्षक धमलासँग भेट्द गएका थिए । प्रहरी प्रमुखलाई ध्यानाकर्षण गराईरहँदा टोलीसँगै रिर्पोटिंङ्ग गरिरेका पत्रकार झालाई एसपी धमलाले ‘मेरो अनुमति बगैर जिल्ला प्रहरी कार्यालयमा रिर्पोटिङ्ग गर्न पाउनु हुन्न’ भन्दै जिल्ला प्रहरी कार्यालयवाट तत्कालै निस्कन दिएको निर्देशनप्रति नेपाल पत्रकार महासंघले घोर भत्र्सना गरेका छन् ।

‘महिला हिंसा न्यूनिकरण जस्तो सार्वजनिक सरोकारका विषयमा समाजका महिला अगुवाहरुले जिल्ला प्रहरी कार्यालय भित्रै जिल्लाका प्रहरी प्रमुखलाई सार्वजनिक रुपमा आह्वान गरिरहँदा त्यहाँ रिर्पोटिङ्गका लागि पुगेका पत्रकारले दुवै पक्षको कुराकानी सुन्नु, रिर्पोटिङ्गका लागि टिपोट गर्नु जस्ता काम पत्रकारहरुको सामान्य दैनिकी हो’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसअघि पनि विभिन्न प्रहरी प्रमुखहरु हुँदा यस्ता विषयहरुमा पत्रकारहरुले निर्वाद रुपमा रिर्पोटिङ्ग गर्दै आएको हाम्रो अनुभव छ ।’

राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पनि सार्वजनिक महत्वका मुद्दाहरुमा रिर्पोटिङ्ग गर्दा कसैको आदेश वा अनुमति नै लिनुपर्छ भने दृष्टान्त पनि कही कतै नरहेको भन्दै आफ्नो कमजोरी ढाकछोप गर्न पत्रकारहरुले रिर्पोटिङ्ग गरेपछि सप्तरीका प्रहरी प्रमुखले व्यक्तिगत रिसरागका कारण एक जना कृयाशिल सञ्चारकर्मीसँग यस्तो व्यवहार गरेको महासघ सप्तरीले ठहर गरेको छ । उक्त घटनाबारे ध्यानाकर्षणसहित सप्तरीका प्रहरी प्रमुखलाई यसप्रकारको आफ्नो व्यवहारप्रति आत्मआलोचनासहित आईन्दा यस्तो व्यवहार पुनः नदोहोर्याउन नेपाल पत्रकार महासंघ शाखाले आग्रह गरेको छ ।

पत्रकारहरुको आत्मसम्मानसहित आफ्नो अधिकार र स्वतन्त्रताका निम्ती महासंघले अन्य विकल्पहरुबारे समेत विचार गर्ने व्योहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउन गराईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस