विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख ३५ हजार

जनकपुरधाम । विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४ हजार ५२६ को ज्यान गएको छ । योसँगै कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ३५ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ३५ हजार ३४१ पुगेको हो । सोही अवधीमा २ लाख ९४ हजार ७६३ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हालसम्म विश्वमा ३ करोड ५१ लाख ९ हजार ३१७ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस