सुनचाँदीको मुल्यमा वृद्धिः (यस्तो छ दररेट)

जनकपुरधाम । नेपालमा सुनचाँदीको मूल्यमा मङ्गलवार वृद्धि भएको छ । छापावाल सुनको मुल्य सोमवार ९४ हजार १ सय रुपैयाँमा प्रतितोला किनबेच भएको थियो ।

यसैगरी तेजावी सुन ९३ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । आज ( मङ्गलवार ) छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ रहेको छ ।

यसैगरी तेजावी सुनको मुल्य ९४ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमवार चाँदी प्रति तोला १ हजार १ सय ८० रुपैयाँमा किनबेच भएको थियो । प्रति तोला २० रुपैयाँ बृद्धि भएर १ हजार २ सय रुपैयाँ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस