कोरोना संक्रमीत अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

एजेन्सी, असोज २० । कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएको तिन दिनमै डिस्चार्ज भएका छन् ।

कोरोना पोजेटिभ पुष्टि भए लगतै उपचारकालागी उनी त्यहाँको सैन्य अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भएका ट्रम्प राष्ट्रपति निवासमै रहेर उपचार गरिने जनाइएको छ ।

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार राष्ट्रपति ट्रम्पले कोरोनासगँ नडराउन सबैमा अपील गरेका छन् । ट्रम्पकी श्रीमति मेलियाना समेत कोरोना संक्रमित भएकी थिईन् ।

श्रोतका अनुसार उनको शरीरमा जिउदो कोरोना भाईरसको जिवाणु मृत अवस्थामा रहेको तथा सर्ने सम्भावना नरहेकोले उनलाई डिस्चार्ज गरिएको चिकित्सकहरुले बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस