राजविराज । पुर्वमन्त्री जय प्रकाश (जेपी) गुप्तालाई पितृ शोक परेको छ । उनका पिता श्याम सुन्दर रौनियारको सोमवार राति ९० वर्षको उमेरमा निधन भएको हो ।
मधुमेह लगायतका रोगले ग्रसित रहेको रौनियारको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
मंगलवार उनको सप्तरीको कंचनपुर नजिकको कोशी नदी घाटमा सनातन परम्परानुसार दाह संस्कार गरिने पुर्वमन्त्री गुप्ताले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।
पूर्वमन्त्री गुप्ताले फेसबुकमा लेखेका छन्:
https://www.facebook.com/jayprakash.gupta.735/posts/10218385311450430