गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक मण्डलमा कोरोना संक्रमण

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयका जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डल कोरोना संक्रमित भएका छन् ।

उनले आफ्नो सामाजिक संजालमार्फत संक्रमणबारे सार्वजनिक गरेका हुन् । करिब सात महिनादेखि कोरोना भाइरस (कोभिड १९)को क्षेत्रमा काम गर्दै गर्दा आज कोरोना पोजेटिभ भएको उनले लेखेका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघका सदस्य पनि रहेका उनले ७ दिनभित्र मसँग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन तथा पिसीआर परिक्षण गराउन आग्रह समेत गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस