आगलागीबाट बच्न जनचेतनामूलक कार्यक्रम

राजविराज, २१ असोज । सप्तरीको बोदे बरसाईन नगरपालिकामा आगलागीबाट बच्ने उपायसम्बन्धि जनचेतनामूलक कार्यक्रम मंगलवार सम्पन्न भएको हो । सोही नगरपालिकाका वडा नम्बर ७ स्थित रहेका सामुदायिक राष्ट्रिय प्राथमिक विद्यालयको प्रांगनमा स्थानियवासिहरुलाई आगलागीबाट जोगीन विभिन्न उपायहरु सिकाए ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत आयोजना गरिएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रहरी नायब निरीक्षक अयोध्या शरण यादव, प्रहरी सहायक निरीक्षक मनोज कुमार महतोलगायतले आगलागी बारे सचेतना दिदै सहजिकरण गरको थियो ।

सोही वडाका सदस्य अंजुश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा स्थानिया बौवालाल यादव, राम अकवाल चौधरी, दिपेन्द्र कुमार यादव, श्रवण कुमार यादव, कमलेश झालगायतको स्थानियवासिहरुको सहभागीता रहेकोे थियो । कार्यक्रम सञ्चालन लोकेन्द्र प्रसाद यादवले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस