सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

जनकपुरधाम । सरकारले सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक अनुमति दिएको छ । सामेबार बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएका निर्णयहरुबारे सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न गत चैतमा लकडाउन भएपछि रोकिएका सबै परीक्षाहरु सञ्चालनका लागि सरकारले अनुमति दिएको हो । जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी सबै शैक्षिक संस्थालाई परीक्षा सञ्चालनको सैद्धान्तिक सहमति दिइएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

‘जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी आयोग बोर्ड, प्रतिष्ठान, विश्वविद्यालय, शैक्षिक संस्थालाई सबै तहको परीक्षा सञ्चालनमा सैद्धान्तिक सहमति दिने निर्णय भएको छ’, ज्ञवालीले भने । यसैगरी, मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष छान्नका लागि सिफारिस समिति गठन गरेको छ ।

सरकारका सबै तहबाट सञ्चालन भएका व्यवसायी तालिम सञ्चालनका लागिसमेत स्वीकृति दिएको छ । तीनै तहका सरकारबाट सञ्चालनमा भएका व्यावसायिक तालिम सञ्चालन गर्न दिने निर्णय भएको छ। जसमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर २५ जनाभन्दा कम हुनुपर्छ’ उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस