‘वर्तमान सरकार दलित मैत्री छैन्’

लहान । सप्तरीको खडक नगरपालिका–११ बनौलीमा संयुक्त दलित संघर्ष समितिले आयोजना गरेको दलित जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । केही महिनादेखि सप्तरीमा संयुक्त दलित संघर्ष समितिले जिल्लाभरिका दलित बस्तीहरुमा संगठन बनाउने र जनचेतना जगाउने अभियान संचालन गरेको हो ।

सोही कार्यक्रमअनुसार मंगलबार सप्तरीको बनौलीमा जागरण अभियान सम्पन्न भएको छ । स्थानीय दलित समुदायको पहलमा आयोजना भएको जागरण कार्यक्रममा विशिष्ट अतिथि राजेश विद्रोहीले सरकार दलित मैत्री हुनुपर्नेमा जोड दिएका दिएका छन् ।

‘वर्तमान सरकार दलित मैत्री छैन्’ उनले भने–‘यहि अवस्था रह्यो भने दलितहरुको हक अधिकार सुनिश्चितताकालागि संघर्ष गर्न बाध्य हुन्छौं ।’

कार्यक्रमका प्रमुख अतिथि प्रथमलाल रामलाल दलितहरुमाथि अहिलेको सरकारले ठूलो विभेद गरिरहेको आरोप लगाए । कार्यक्रमको अतिथि झबर रामले दलित मुक्तिका लागि झभीमसेन काफी रहेकोले सबै दलितहरू भीम आर्मी बनेर लडनुपर्ने दिन आएकोञ धारणा राखेका थिए ।

कार्यक्रममा दर्जनभन्दाबढी दलित अगुवाहरूले आफ्नो मन्तव्य राखेका थिए । कैलु सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा भुलाई राम, नौथुनी विश्वकर्मा, गंगा सदा, रामसुफल सदा, बद्री सदा, चन्द्रनारायण राम, रामनाथ मण्डल, राजकुमार सरदार लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780