देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४३९ कोरोना संक्रमित थपिए, ११ सय २६ जना डिस्चार्ज

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४३९ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार सोही अवधिमा ११ सय २६ जना डिस्चार्ज भएका हुन् ।

योसहित देशभर हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । हालसम्म ६८ हजार ६६८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस