विराटनगरमा करेन्ट लागेर १ को मृत्यु

विराटनगर, २१ असोज । विराटनगरको आरती स्टिल फ्याकिट्रमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुढिगंगा स्थित रहेको उक्त फ्याकिट्रमा बिजुलीको काम गर्ने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लागेर अशोक चौधरी गम्भिर घाइते भएको थियो ।

सोही ठाउँका नोबेल अस्पतालमा उपचारको क्रममा घाइते चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस