सप्तरीका थप एक कोरोना संक्रमित युवकको मृत्यु

राजविराज । सप्तरीका थप एक कोरोना संक्रमित ३३ वर्षीय युवकको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत रुपनी गाउँपालिका–१ का संक्रमित युवकको विहिवार मृत्यु भएको हो ।

मुटु सम्बन्धी समस्या भएपछि उनी केएमसीमा भर्ना भएका थिए । सोही क्रममा उनमा संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकार दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस