प्रहरी दिवसमा रक्तदान कार्यक्रम

विराटनगर, २८ असोज । विराटनगरमा ६५औं प्रहरी दिवस २०७७ को अवसरमा बुधवार रक्तदान कार्यक्रयमको आयोजना गरिएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरद्धारा आयोजना गरिएको कार्यक्रममा १ सय १ जना प्रहरीले रक्तदान गरेका हुन् ।

रक्तसञ्चार केन्द्रमा रगतको अभाव पुर्तिका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रहरीले जनाएको छ ।

कार्यक्रममै रगत अभाव रहेको एक महिलालाई रगत उपलब्ध गराइएको छ ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तर्गतको क्षेत्रीय रक्त सेवा विराटनगरको समेत उपस्थिति रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस