वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद

जनकपुरधाम, १ कातिक । पर्साको वीरगन्जस्थित एक अर्पामेन्टबाट प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका–५ स्थित गणेश अपार्टमेन्टबाट सो सुन बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए ।

प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्वीर: प्रतिकात्मक

Author:



क्याटोगरी छान्‍नुहोस