पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोना संक्रमण

जनकपुरधाम, १ कातिक । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमितको संख्या १ लाख २९ हजार ३०४ स्वास्थ्य तथा जनसंख्याको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । त्यसैगरी २४ घण्टामा १ हजार ८०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको संख्या ८९ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस