प्रदेश १ मा ४८१ कोरोना संक्रमित थपिए, संक्रमणबाट थप ५ जनाको मृत्यु

जनकपुरधाम, १ कातिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८१ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै प्रदेश १ मा संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा एक एक जनाको मृत्यु भएको छ । हालसम्म प्रदेश १ मा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस