सबल नेपालद्वारा महामारी पिडित १६८ परिवारलाई खाद्यान्न सहयोग

राजविराज, १ कार्तिक । सबल नेपालले कोरोना महामारीका कारण गुजारा चलाउन समस्या खेलिरहेका परिवारहरुलाई खाद्यान्न, शैक्षिक र सफाई सामग्री तथा बेबी प्याक सहयोग गरेको छ ।

खडक तथा सुरुङ्गा नगरपालिकाका अति प्रभावित १६८ परिवारहरुलाई प्रति परिवार ८ हजार ६ सय २५ रुपैया बराबरको खाधान्न र आवश्यकता अनुसार २ हजार ५ सय पर्ने शैक्षिक सामग्री तथा १ हजार पर्ने बेबी प्याक सहयोग गरिएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा सो सामग्री वितरण गरिएको सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले जानकारी दिए ।

सुरुङ्गा नगरपालिकास्थित कदमाहाबाट सुरुवात गरिएको उक्त कार्यक्रमको उद्घाटन मेयर मुक्ति नाथ चौधरीले गर्दै नगरपालिकाका सबै प्रभावित परिवारहरुलाई सहयोग गर्ने योजना रहेको तथा उक्त योजनामा सबल नेपाल र सेभ द चिल्ड्रेन ले एउटा आयाम थपेको बताए ।

महामारीको बेला अनावश्यक भिड र झन्झट न्यूनीकरण गर्नका लागि प्रभु बैंक लिमिटेडको प्राविधिक सहयोगमा ‘भौचर ट्रान्सभर प्रोग्राम’मार्फत उक्त सामग्रीहरु उपलब्ध गराइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस