कांग्रेसका सांसदहरुको दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

जनकपुरधाम, ३ कार्तिक । नेपाली कांग्रेसका सांसदले आफ्ना सांसदको खातामा आएको दशैं भत्ता फिर्ता दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै पार्टीका सांसदको भत्तावापतको कूल रकम ४३ लाख २० हजार आठ सय १० रूपैयाँ फिर्ता दिने निर्णय गरिएको जानकारी दिए ।

सो रकम जनताको उपचारकालागि संघिय संसद सचिवालयमार्फत नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस