पछिल्लो २४ घण्टामा थपियो ३ हजार ७९० कोरोना संक्रमित, दुई हजार ३ सय ३५ जना संक्रमण मुक्त

जनकपुरधाम, ०३ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार सोही अवधिमा २ हजार ३३५ जना जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ ।

यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । जसमा हालसम्म कुल ९४ हजार ५०१ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १७ हजार ५६४ जनाको पिसिआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ९ सय १८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस