सुनसरी प्रहरीद्वारा १८ लाख ५५ हजारको मोवाइल फेला

विराटनगर, ३ कात्तिक । सुनसरी प्रहरीले १८ लाख ५५ हजार रुपैयाँ बराबरको मोवाइल फेला पारेको छ । विभिन्न स्थानबाट हराएको तथा चोरी भएका ३८ थान मोवाइल खोजी गरि सम्वन्धित व्यक्तिलाई वुझाइएको हो ।

हराएको तथा चोरी भएको मोवाइलको विषयमा कार्यालयमा आएको निवेदनको आधारमा खोजी गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । सिडीआर शाखा स्थापना भएदेखि हालसम्म विभिन्न ब्राण्डका करिब ३ सय ३४ थान मोवाईल सेटहरु खोजी गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस