भारतमा ७५ लाख ९४ हजारमा कोरोना संक्रमण

जनकपुरधाम । भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख ९४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ४६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ९४ हजार २८४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ३० हजार ३७९ जना संक्रमणमुक्त भएका छन् । हाल ७ लाख ८४ हजार ६७० जनाको उपचार भइरहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा भारतमा थप ५९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १५ हजार २३५ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस