मंसिर ९ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा ‘हेल्थ डेक्स’ अनिवार्य

जनकपुरधाम । मंसिर ९ गतेबाट सुरु हुन लागेको कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीलाई कोरोनाबाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरेकोे हो ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्नेछ । यसपटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो ।

निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा दुई–दुई मिटर र एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी राख्न पाइने छैन । कोरोनाको कारण स्थगित परीक्षा ९ मंसिरदेखि सुरु गर्ने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले कुल पुर्णाङ्कको ४० प्रतिशतको परीक्षा सञ्चालन गर्न लागेको हो । बाँकी ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट प्राप्त अंकबाट जोडिने परीक्षा बोर्डले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस