कोरोनाबाट जोगिन सतर्कता अपनाईए लकडाउन आवश्यक छैनः डब्लुएचओ

राजविराज, ११ कार्तिक । कोरोना भाइरस रोकथामका उपायहरुलाई पूर्ण रुपमा पालना गर्न सकिए विभिन्न देशहरुले जारी गरेको लकडाउन र प्रतिबन्ध आवश्यक नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ठहर गरेको छ ।

डब्लुएचओले मिडिया ब्रिफिङ्गका क्रममा यस्तो धारणा सार्वजनिक गरेको हो । कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा यूरोपको स्पेन, इटली, फ्रान्ससहितका देशहरुमा उच्च देखिएपछि त्यहाँको सरकारले लकडाउन तथा प्रतिबन्ध लगाएपछि डब्लुएचओको ध्यानाकर्षण भएको छ । कोरोना भाइरसबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्डहरु समेत पालना गर्न सबैमा आग्रह गरिएको छ ।

कोभिड १९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले लकडाउन तथा प्रतिबन्ध लगाउनुभन्दा पनि सम्बन्धित देशहरूले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् । गत साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ संक्रमितहरू यूरोपेली देशहरूका नागरिक भएको भन्दै वर्तमान समयमा यूरोप कोरोनाको केन्द्रविन्दु बन्दै गएको डब्लुएचओले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस