अमेरिका, भारत र ब्राजिलमा यस्तो छ काेराेना संक्रमणकाे अवस्था

जनकपुरधाम । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या विश्वभर ४ करोड ३७ लाख नाघेको छ । वर्ल्डोमीटरकाे तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ लाख ६४ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

विश्वमै सबैभन्दा बढी संक्रमित रहेको संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ८९ लाख ६१ हजारभन्दा बढी पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३१ हजारभन्दा बढी छ ।

त्यसैगरी दोस्रो नम्बरमा रहेको भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७९ लाख ४५ हजारभन्दा बढी छ भने भने मृत्यु हुनेको संख्या एक लाख १९ हजारभन्दा बढी छ ।

तेस्रो नम्बरमा ब्राजिल छ । ब्राजिलमा कुल कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख ११ हजारभन्दा बढी छ । मृत्यु हुनेको संख्या भने ब्राजिलमा भारतकोभन्दा धेरै छ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ५७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780