पछिल्लो २४ घण्टामा देशभर १ हजार ७४१ संक्रमित थपिए, ४ हजार ५ जना डिस्चार्ज

जनकपुरधाम, १० कार्तिक । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७४१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार योसँगै सक्रिय संक्रमितको संख्या ४३ हजार २९२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार ५ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कुल १ लाख ५९ हजार ८३० संक्रमित पुगेको छ । जसमध्ये १ लाख १५ हजार ६७५ जना निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ । हालसम्म १३ लाख ९८ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर दुई हजार ९६९ जना क्वारेन्टिनमा रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस