देशभर पछिल्लो २४ घण्टामा ५७० कोरोना संक्रमित थपिदा ३ हजार १६८ जना डिस्चार्ज

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ५७० कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सो अवधिमा ३ हजार १६८ जना निको भएर डिस्चार्ज भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ पुगेको छ ।

हालसम्म कुल संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ । निको भएर डिस्चार्ज हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म १४ लाख ६९४ जनाको पीसीआर परीक्षण गरिएको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस