जनमत पार्टीद्वारा बोदे बरसाईन बजारको सरसफाइ

राजविराज । जनमत पार्टी नगर कमिटीद्वारा सप्तरीको बोदे बरसाईन नगरपालिकामा सरसफाइ गरिएको छ । चाडपर्वलाई लक्षित गरी बोदे बरसाईन बजारमा सरसफाइ गरिएको हो ।

‘चाडपर्वको बेला गाउँदेखि शहरसम्मलाई सफा राख्नकोलागि सरसफाइ थलियौं’ पार्टीका वडा ७ का संयोजक गोसाई साहले भने–‘सरसफाइ कार्य जारी नै छ ।’

पार्टीका नगर संयोजक आलोक यादव ‘सागर’ले सरसफाइकासाथै प्रथम महाधिवेशनको पनि तयारी भइरहेको जानकारी दिए । ‘सरसफाइ कार्यमा कार्यमा पार्टीबाहेक स्थानीय युवा, वुद्धिजीवी, व्यापारी, समाजसेवीहरुको साथ र सहयोग पाइरहेका छौं, उनले भने ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780