राजविराज । भारतको विहारमा विधानसभा निर्वाचनको आज (बुधवार) बाट पहिलो चरणमा मतदान सुरु भएको छ ।
पहिलो चरणमा ७१ वटा सिटकालागि निर्वाचन हुँदैछ । निर्वाचनमा ११४ महिला र ९५२ पुरुष गरी कुल १ हजार ६६ जना उम्मेदवारी चुनावी मैदानमा छन् ।
७१ वटै सिटमध्ये महागठबन्धको तर्फबाट आरजेडी ४२ वटा सिटमा चुनाव लड्दैछ भने उसकै सहयोगी कांग्रेस २१ र सीपीआई ८ सिटमा चुनावी मैदानमा छन् ।
उता, एनडीएकोतर्फबाट जेडीयू ३५, बीजेपी २९, हिन्दुस्तान आवाम मोर्चा (हम) ६ र वीआईपी १ सिटमा उम्मेदवारी दिएको छ ।
१६ वटा जिल्लामा रहेको २ करोड १४ लाख ६ हजार मतदाताले १ हजार ६६ जनामध्ये ७१ उम्मेदवारको भाग्य निर्णय गर्नेछन् । कोरोना महामारीकै बेला भइरहेको विहार विधानसभा निर्वाचनमा सवैले ध्यान लगाएको छ ।