भारतीय प्रधानमन्त्री मोदीले गरे मैथिलीमा भाषण

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मैथिली भाषामा आफ्नो भाषणको सुरुवात गरेका छन् । विहारस्थित दरभंगामा आयोजित र्यालीलाई सम्वोधन गर्ने क्रममा उनले मैथिली भाषामा भाषणको सुरुवात गरेका हुन् ।

उनले भने–‘सिता मैया, राजा जनक, कविराज विद्यापतिके ई मिथिलाभुमिके नमन करैछी । ज्ञान, खान, पान, मखानसे समृद्ध ई गौरवशाली धर्तीपर अपनेसभके अभिनन्दन करैछी…’  अर्थात ‘सिता माता, राजा जनक, कविराज विद्यापतिको यस मिथिलाभूमीलाई नमन गर्दछु । ज्ञान, खान, पान, मखानले समृद्ध यस गौरवशाली धर्तीमा यहाँहरुलाई अभिनन्दन गर्दछु… ।’

विहारमा विधानसभा निर्वाचनको पहिलो चरणमा मतदान जारी रहेको छ । सोही क्रममा प्रधानमन्त्री मोदीले सम्वोधन गरेका छन् । पहिलो चरणमा ७१ वटा सिटकालागि निर्वाचन हुँदैछ । निर्वाचनमा ११४ महिला र ९५२ पुरुष गरी कुल १ हजार ६६ जना उम्मेदवारी चुनावी मैदानमा छन् ।

७१ वटै सिटमध्ये महागठबन्धको तर्फबाट आरजेडी ४२ वटा सिटमा चुनाव लड्दैछ भने उसकै सहयोगी कांग्रेस २१ र सीपीआई ८ सिटमा चुनावी मैदानमा छन् । उता, एनडीएकोतर्फबाट जेडीयू ३५, बीजेपी २९, हिन्दुस्तान आवाम मोर्चा (हम) ६ र वीआईपी १ सिटमा उम्मेदवारी दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस